गायकका गुण ‌

हृधशब्द : जसको शब्द अर्थात आवाज मधुर र सुरिलो छ । ‌
सुशासीर : जसको वाणीमा अभ्यास बिना नै राग स्वरूप व्यक्त गर्ने धर्म छ । ‌
ग्रहमोक्षविचक्षण : जो ग्रह र न्यासको नियम जान्दछ । ‌
रागरागांगकोविद : जो रागांग, भाषांग आदिको जानकारी राख्दछ । 
प्रबन्धगाननिष्णात : जो प्रबन्ध गानमा निपुण छ । ‌
विविधालप्पितत्ववित : जसलाई आलाप गर्ने विधिको ग्यान छ । ‌
सर्वस्थानोच्चगमकेष्वनायासलसद्गती : जसले तिनै सप्तकमा सरल तरिकाले गमक लिन सक्दछ । ‌आयत्तकंठ : जसको कण्ठबाट खुल्ला आवाज आउँछ । ‌
तालग्य : जसलाई तालको ग्यान छ । ‌
सावधान : जसले एकाग्र भएर सावधानीपूर्वक गाउँछ । ‌
जितश्रम : जसले गाउँदा कठिन महशुश नहोस र सरल ढङ्गबाट गाओस । 
शुद्ध्च्छायालगाभिग्य : जो शुद्ध, छायालय र सङ्कीर्णको भेद जान्दछ । ‌
सर्वकाकुविशेषवित : जो ६ प्रकारका काकुको प्रयोग जान्दछ । ‌
अपारस्थायसंचार : जसले गाउँदा अनेक स्थाय अर्थात भाग बनाएर गाउन सक्दछ । ‌
सर्वदोषविजर्वित : जसमा गायन वादनमा कुनै प्रकारको दोष नहोस । 
कृयापर : जसको नियमित अभ्यास छ । ‌
अजस्रलय : जो अत्यन्त लयदार छ । ‌
सुघट : जो सुन्दर छ, जसलाई देख्दा श्रोताले घृणा नगरोस । ‌
धारणान्वित : जो धारणवान होस । ‌
स्फुर्जन्निर्जवन : जसले गाउँदा मेघ गर्जन जस्तो गम्भीर आवाज होस । ‌
हारिरह : कट्भजनोद्धुर : जसको गायनद्वारा श्रोताको मन मोहित हुन सक्छ । 
सुसम्प्रदाय : जसको गुरु परम्परा उच्छ कोटीको छ । 

Reference: ©सङ्गीत सूत्र(भाग-१) -------- धनबहादुर गोपाली

Comments