Singing Tips For Basic Learners 

हर कोहीमा गायन विशेषता हुँदैन। सङ्गीतलाई भगवानको देन मानिन्छ र यस्तो सोच्ने गरिन्छ कि जसमाथि भगवानको कृपा छ उसले मात्रै गाउन सक्दछ । तर गायन वा सङ्गीतमात्रै पनि ठूलो कुरा भने होइन । भगवानले सबैलाई केही न केही कला,सीप अर्थात क्षमता दिएर नै धरतीमा पठाएका हुन्छन । गायनमा सुधार ल्याउन र अब्बल आउन अभ्यासको जरुरत पर्दछ । यदि तपाईंलाई भगवानले राम्रो गाउन सक्ने क्षमता दिएका छन भने तपाईं अभ्यासले आफ्नो गलामा निखारता ल्याई गायनमा अघि बढ्न सक्नुहुनेछ । गायन क्षेत्रमा आउनु अघि सङ्गीतको शिक्षा लिन अत्यन्तै जरुरी छ । एउटा राम्रो गायक बन्न धेरै समय खर्चिनुपर्ने हुन्छ । त्याग र तपस्याले नै राम्रो गायक बन्न सघाउँछ । 

 गायनमा सुधार ल्याउनका निमित्त धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ जसमध्ये केही निम्नलिखित छन । 

१. सासको व्यायाम 
सास लिने व्यायाम गर्नाले गायनको पिच र अवधिलाई नियन्त्रण गर्न सहयोग हुन्छ । लामो सास तान्ने तथा सास भित्र बाहिर गर्ने व्यायाम गर्नाले फाइदा हुन्छ । 

२. सन्तुलन र सहजता 
सङ्गीतमा लागेर रियाज गर्न सुरु गरेपछि तपाईंले सङ्गीतलाई महत्वपूर्ण त मान्नुभयो तर जिवनका अन्य कुरा/पाटा हरुलाई अप्ठ्यारोमा पार्नुभयो अथवा रियाज गर्नकै लागि आफ्नो दिनचर्यालाई गार्हो बनाउनुभयो भने यसले तपाइँको जीवनलाई कष्टकर बनाउन सक्छ र यसरी अरु कुराहरुको तनाव लिएर गरिएको अभ्यासले तपाइँको गायनमा फाईदा पुर्याउँदैन । तसर्थ अत्यन्तै सन्तुलित र सहजताका साथ अभ्यास गर्नु जरुरी छ । 

३. आफ्नो सीमा पत्ता लगाउनुहोस 
आफ्नो रेन्ज अर्थात पिच पत्ता लगाएर अभ्यास गर्ने प्रयास गर्नुहोस । अन्यथा जथाभावी चिच्याउने, होहल्ला गर्ने किसिमले गरेको अभ्यासले तपाइँलाई फाईदा कम र घाटा ज्यादा पुर्याउने हुन सक्छ । 

 ४. खानेकुरामा ध्यान दिने 
सामान्यतया गायनमा लागेको मान्छेले धेरै खानेकुरामा ध्यान दिनुपर्छ भन्ने त होइन तर घाटीलाई असर गर्ने आफ्नो आवाजलाई असर गर्ने खालका खानेकुराहरु भने बारेको राम्रो । 

५. यी कुरामा ध्यान दिनुस ‌
*गायन वा रियाज गर्नु पूर्व कहिल्यैपनि दूध तथा दूधजन्य परिकार नखानु राम्रो मानिन्छ । ‌
*धूम्रपान तथा मदिराको सेवनले श्वाश्प्रश्वासमा असर गर्ने हुन्छ र गायनलाई प्रभाव पार्ने हुन्छ अत: धूम्रपान तथा मदिराको सेवन नगरेको राम्रो । ‌
*धेरै चिसो अर्थात फ्रीजमा राखिएका पेय पदार्थ नपिउने र धेरै तातो कुराहरुपनि नखाने, मन तातो कुराहरुको सेवन उत्तम मानिन्छ ।
#Purushottam Subedi

Comments