Posts

Showing posts from July, 2017
Image
श्रावण महिनाम शिवलिंगमा दूध चढाउनुको बैज्ञानिक कारण:    श्रावण महिनामा बर्षाको कारण जलवायुमा अनेकौं विषाक्त किटाणुहरु सिर्जना भई त्यो समय उत्पादन हुने अन्नहरुमा पनि असर गर्न गर्दछ । यस कारण सो समय फल्ने घाँसपात लगायत तरकारी, फलफुलहरु पनि घर पालुवा जनावरहरुलाई नै सेवन गराइन्थ्यो । संक्रमित खानेकुरा सेवन गराईसके पछि गाई- भैंसीले दिने दूध पनि संक्रमित नै हुने भयो, खानलाई योग्य भएन । यस कारण श्रावण महिना अवधीभर उत्पादन हुने दूध शिवलिङमा चढाउने प्रचलनमा धार्मिक मात्र नभई बैज्ञानिक कारण पनि रहेको छ । #Copied                                                                                                         
गायकका गुण ‌ हृधशब्द : जसको शब्द अर्थात आवाज मधुर र सुरिलो छ । ‌ सुशासीर : जसको वाणीमा अभ्यास बिना नै राग स्वरूप व्यक्त गर्ने धर्म छ । ‌ ग्रहमोक्षविचक्षण : जो ग्रह र न्यासको नियम जान्दछ । ‌ रागरागांगकोविद : जो रागांग, भाषांग आदिको जानकारी राख्दछ ।   प्रबन्धगाननिष्णात : जो प्रबन्ध गानमा निपुण छ । ‌ विविधालप्पितत्ववित : जसलाई आलाप गर्ने विधिको ग्यान छ । ‌ सर्वस्थानोच्चगमकेष्वनायासलसद्गती : जसले तिनै सप्तकमा सरल तरिकाले गमक लिन सक्दछ । ‌आयत्तकंठ : जसको कण्ठबाट खुल्ला आवाज आउँछ । ‌ तालग्य : जसलाई तालको ग्यान छ । ‌ सावधान : जसले एकाग्र भएर सावधानीपूर्वक गाउँछ । ‌ जितश्रम : जसले गाउँदा कठिन महशुश नहोस र सरल ढङ्गबाट गाओस ।   शुद्ध्च्छायालगाभिग्य : जो शुद्ध, छायालय र सङ्कीर्णको भेद जान्दछ । ‌ सर्वकाकुविशेषवित : जो ६ प्रकारका काकुको प्रयोग जान्दछ । ‌ अपारस्थायसंचार : जसले गाउँदा अनेक स्थाय अर्थात भाग बनाएर गाउन सक्दछ । ‌ सर्वदोषविजर्वित : जसमा गायन वादनमा कुनै प्रकारको दोष नहोस ।   कृयापर : जसको नियमित अभ्यास छ । ‌ अजस्रलय : जो अत्यन्त लयदार छ । ‌ सुघट : जो सुन्
Singing Tips For Basic Learners  हर कोहीमा गायन विशेषता हुँदैन। सङ्गीतलाई भगवानको देन मानिन्छ र यस्तो सोच्ने गरिन्छ कि जसमाथि भगवानको कृपा छ उसले मात्रै गाउन सक्दछ । तर गायन वा सङ्गीतमात्रै पनि ठूलो कुरा भने होइन । भगवानले सबैलाई केही न केही कला,सीप अर्थात क्षमता दिएर नै धरतीमा पठाएका हुन्छन । गायनमा सुधार ल्याउन र अब्बल आउन अभ्यासको जरुरत पर्दछ । यदि तपाईंलाई भगवानले राम्रो गाउन सक्ने क्षमता दिएका छन भने तपाईं अभ्यासले आफ्नो गलामा निखारता ल्याई गायनमा अघि बढ्न सक्नुहुनेछ । गायन क्षेत्रमा आउनु अघि सङ्गीतको शिक्षा लिन अत्यन्तै जरुरी छ । एउटा राम्रो गायक बन्न धेरै समय खर्चिनुपर्ने हुन्छ । त्याग र तपस्याले नै राम्रो गायक बन्न सघाउँछ ।   गायनमा सुधार ल्याउनका निमित्त धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ जसमध्ये केही निम्नलिखित छन ।  १. सासको व्यायाम  सास लिने व्यायाम गर्नाले गायनको पिच र अवधिलाई नियन्त्रण गर्न सहयोग हुन्छ । लामो सास तान्ने तथा सास भित्र बाहिर गर्ने व्यायाम गर्नाले फाइदा हुन्छ ।  २. सन्तुलन र सहजता  सङ्गीतमा लागेर रियाज गर्न सुरु गरेपछि तपाईंले सङ्गीतलाई महत्वपूर्